AnonymousUser

Logout

वसुन्धरामामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँको वसुन्धरामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

ब्रिटिश अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा प्रकाशित

अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिबारे जानकारी दिने ब्रिटिस अर्थशास्त्री इमन बट्लरको पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ।

रोबोट फाइटिङ प्रतियोगिता, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन

पूर्वी चीनको हाङझाउ शहरमा आइतबार सम्पन्न विश्वको पहिलो दाबी गरिएको ह्युमनोइड रोबोट फाइटिङ(कुस्ती) प्रतियोगितामा ‘एआई स्ट्राटेजिस्ट’ च्याम्पियन बनेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैनः कांग्रेस

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै पनि संलग्नता नरहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो 

सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

ईयूसँग करसम्बन्धी वार्ताको समयसीमा बढाउन ट्रम्प सहमत

गत शुक्रबार, ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा

लिभरपुल र आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्यूक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन्।

राष्ट्र बैंकले घटायो शेयर कर्जा जोखिम भार

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको छ। 

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्।

दूध अभावले बन्द भयो ‘चितवन मिल्क’

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले दूध किनेर उद्योग सञ्चालन गर्ने योजना बनाए पनि दूध पाउन नसकिएको प्रबन्धक दुर्गा पराजुलीको भनाइ छ।

पाकिस्तानको पन्जाबमा आँधीबाट १९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

पाकिस्तान सरकारले नागरिकलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

तीनकुने घटनामा रवीन्द्र, धवलशमशेर, दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दायर

तीनकुने घटनामा रवीन्द्र मिश्र, धवलशमशेर जबरा, दुर्गा प्रसाईं लगायतविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अभियोगपत्र दायर भएको छ।

इलाममा विषाक्त च्याउ खाएका ३ जनाको मृत्यु

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मस्तिष्क मृत्यु भएकाबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएका तीन अंगमध्ये एक जना बिरामीमा मिर्गौला र कलेजो तथा अर्का बिरामीमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको जनाएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचकमा ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको छ।

यसपालि विपद्‍बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहतको व्यवस्था मिलाउनुपर्ने अवस्था आउन सक्ने आकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसी बताउँछन्।

रुस र युक्रेनले गरे ३०७ जना कैदी आदनप्रदान 

युक्रेनले अझै पनि बन्दी बनाइएका सबै नागरिकहरूको फिर्ता सुरक्षित गर्न आफ्नो कूटनीतिक प्रयास जारी राख्ने जनाएको छ।

अन्तिम चरणमा ग्वार्को ओभरपास [तस्वीरहरू]

अहिले ओभरपासमा पेन्टिङ, ट्राफिक साइन र कालोपत्रेको काम भइरहेको छ। मौसमले साथ दिए जेठ मसान्तभित्र ओभरपास सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

भोजपुरमा मकैबालीमा फौजी किराको प्रकोप

भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ।