‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’
संयुक्त राष्ट्रसंघीय महासभाले यूएनआरडब्लूएको जनादेश नवीकरणसहित प्यालेस्टाइनको पक्षमा प्रस्तावहरूलाई भारी बहुमतले पारित गरेको छ।
हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन् भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन।
चन्द्रनिगाहपुरको मोथियाही पुल नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
विराटनगर किंग्स सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएलको क्वालिफायरमा प्रवेश गरेको छ।
प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघट्ने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ।
अमेरिका र युक्रेनले सुरक्षा व्यवस्थाको आधारभूत ढाँचा र दीर्घकालीन शान्ति कायम राख्न आवश्यक प्रतिरोध क्षमता विषयमा पनि सहमति जनाएका छन्।
सुदूरपश्चिम अपराजित रहेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन। विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न जित आवश्यक छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
मित्रपार्क पशुपति कलेज क्षेत्र, ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने छ।
वर्तमान सरकार जेनजी आन्दोलनबाट आए पनि दलहरूको विरोधी नभएको र राजनीतिक दललाई स्थापित गर्न नै निर्वाचन आवश्यक रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाइ छ।
पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा कैद भुक्तानका क्रममा चिनजान भएका बुद्धिराम दराई पक्राउ परेका छन्।
शुक्रबारको खेलमा जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो।
सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
विपद्का कारण श्रीलंकाभरि करिब ८५ प्रतिशत विद्युत् आपूर्ति अवरुद्ध भएको सिलोन विद्युत् बोर्डले जनाएको छ।
नागरिक समाजले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसँग विशेष आग्रह गरेको छ।
कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले ६ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी पेश गरेका छन्।
राप्रपा नेपालका मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई निलम्बनमा परेकी छन्।
योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पैदलयात्रुको अत्यधिक चाप, सवारी साधनको आवागमन, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन र दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माण थालिएको सडक डिभिजन कार्यालयले अघि बढाएको जनाएको छ।