प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा एलपी ग्यासको कृत्रिम अभाव नियन्त्रण गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
डीडी पन्तको शब्द सिर्जना रहेको गीतमा विश्वव्यापी रूपमा बढिरहेको जलवायु संकट, अव्यवस्थित विकास र हिमाली तथा पहाडी क्षेत्रका प्राकृतिक स्रोतको अचाक्ली दोहनबारे प्रश्न उठाइएको छ।
यूएईलाई ४४ रनले हराउँदै नेपाली टोलीले दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ को एसिया कपमा स्थान पक्का गरेको छ।
एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन्।
भोटेकोशी लगायतका बाढीप्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले तत्काल सुरक्षित व्यवस्थापन र राहत पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज ओमानसँग खेलिरहेको छ।
नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी तथा बुद्धिजीवीहरूले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित सम्पूर्ण छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।
आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सडकको अवस्था जोखिमयुक्त र नाजुक बनेको भन्दै स्थानीयले मनाङको लाइफलाइन मानिने बेसीसहर–चामे सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।
मदन पुरस्कार गुठीले वि.सं. २०८२ को मदन पुरस्कार लेखक वीणा जोशीद्वारा लिखित पुस्तक 'नेवार समुदायका परम्परागत मुकुण्डोनाच'लाई र 'जगदम्बा-श्री' सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको छ।
त्रिवि शिक्षण अस्पतालका सर्जन प्राडा. रमेश सिंह भण्डारीले विपत्तिपछिको उद्धारमा नायक बनेका सुरक्षाकर्मीको सम्मानमा एकल सांगीतिक प्रस्तुति (कन्सर्ट) आयोजना गरेका छन्।
तुइन खोलामा पहिरो रोकथाम र माटो कटानको काम गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन आंशिक रूपमा बन्द गरिने भएको छ।
पुल बगाएपछि भर्खर शुरू हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ।
रसुवामा बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको छ।
कास्कीको माछापुच्छ्रे–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।