AnonymousUser

Logout

यूएईविरुद्ध मैदानमा उत्रदै नेपाल

अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुई खेलमा विजयी हुँदा चार खेल यूएईले जितेको छ।

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा हिमपात हुनसक्ने

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

२०७९ कात्तिक २७, आइतबार

आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

बागमती सभ्यताविरुद्ध आन्दोलन थाल्ने सुकुम्वासीहरूको चेतावनी

समितिले सूचना जारी गरिएको मितिले १० दिनभित्र अर्थात् मंसिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधन हटाउन निर्देशन दिएको छ।

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मंसिर ४ गते संविधानको रक्षक र विरोधीबीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन्।

दीपा र महेन्द्रनको मानसिक अस्पतालमै माया बस्यो,त्यहीँ विवाह भयो 

सो विवाहमा तमिल नाडूका विभिन्न मन्त्री र सांसदहरूसमेत सहभागी भएका थिए। साथै, अस्पतालले उनीहरूलाई विवाहको उपहारस्वरूप त्यहीँ काम गर्न दिने प्रस्तावसमेत गरेको थियो।

'उम्मेदवारले भारतीय नम्बर प्लेट र सरकारी गाडीमा चुनाव प्रचार गरे'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चुनाव प्रचारमा निर्वाचन आचारसंहिताअनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न समस्या रहेको बताए।

प्रत्यक्ष प्रसारणसम्बन्धी मुद्दामा आइतबार पनि सुनुवाइ हुन सकेन

आइतबार पनि मुद्दामाथि सुनुवाइ हुन नसकेपछि नेपालमा विश्वकप प्रसारण हुनेमा आशंका गर्न थालिएको छ।

टी–२० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले उचाल्यो दोस्रोपटक उपाधि

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ग्ल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ।

दण्डको व्यवस्थाले निर्वाचन आचारसंहिता उल्लंघनमा कमी आयो : आयुक्त भण्डारी

निर्वाचन आयोगले आचारसंहितालाई दण्डात्मक रूपमा कार्यान्वयन गर्दा उल्लंघनका घटनामा उल्लेख्य कमी आएको बताएको छ। आयोगले यसअघि आचारसंहितालाई सुधारात्मक रूपमा कार्यान्वयन गर्दै आएको थियो।

अमेरिकी चुनाव: हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र सिनेटमा डेमोक्रेट्स अगाडि

हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनको २११ र डेमोक्रेट्सको २०४ सिट संख्या छ। हाउस अफ रिप्रिजेन्टेटिभ्सको कूल ४३५ सिटमध्ये बहुमत ल्याउन कुनै पनि पार्टीले २१८ सिट जित्नुपर्ने हुन्छ।

बिरामी बोक्ने बहानामा चुनाव प्रचार गर्न हेलिकप्टर प्रयोग गरियो : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले भौतिक उपस्थितिमा हुने आचारसंहिता उल्लंघन कम रहेको तर सामाजिक सञ्जालमा बढी भएको उनले बताए।

रवि लामिछानेको प्रचारमा रहेको गाडीमा आक्रमण, गठबन्धनका कार्यकर्ताले कुटपिट गरेको आरोप

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने सहभागी चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ। आक्रमणकारी सत्ता गठबन्धनका कार्यकर्ता रहेको आरोप रास्वपाको छ।

आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरका २ लाख २८ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यातायात व्यवसायीको अस्वस्थ्य प्रतिस्पर्धाले सडक असुरक्षित : बालेन शाह

मेयर शाहले काठमाडौंका सडकमा 'पिक एन्ड ड्रप'को व्यवस्था गरेर सवारी दुर्घटनामा कमी ल्याउन सकिने बताएका छन्।

ताेलामा ६ सयले बढ्याे सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदीकाे मूल्य ५ रुपैयाँले बढेको छ।

१८ वर्षसम्म विमानस्थललाई नै घर मानेर बसेका नासेरीको मृत्यु

न परिवार नातागोता न घरबारको अत्तोपत्तो न आधिकारिक प्रमाण, नासेरीसँग आफूले बोकेका सीमित सामानबाहेक आफ्नो भन्ने कोही थिएन। उनलाई कोही खोज्न पनि आएन। न उनको आफ्नी आमा भेट्ने रहर पूरा भयो।

टी–२० विश्वकप : दोस्रो उपाधिको खोजीमा पाकिस्तान र इङ्ल्यान्ड

पाकिस्तानले ९ र इङ्ल्यान्डले हालसम्म २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ खेल जितेका छन्।

२०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने

आईसीसीले आइतबार २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको छ।

दुई दशकसम्मको उपाधिविहीन यात्रा तोड्ने लक्ष्यमा ब्राजिल

ब्राजिलले विगत दुई वर्षमा एउटा मात्र खेल हारेको छ। कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता विश्वकप छनोटका १७ खेलमा ब्राजिल अपराजित रह्यो।