विश्वकप फुटबलमा कुनै न कुनै रूपले वर्चस्व कायम राखे पनि नेदरल्यान्ड्स र सेनेगलकाे प्रदर्शन एकनासकाे छैन। त्यसैले समूह चरणमा कतार र इक्वेडरले यी दुई टाेलीलाई अप्ठयाराे पार्न सक्नेछन्।
लोकसेवा आयोगले प्राविधिक अधिकृततर्फ राजपत्रांकित तृतीय श्रेणी तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका लागि विज्ञापन खुलाएको छ।
दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको उजुरीका आधारमा उम्मेदवार, जनप्रतिनिधिसँग स्पष्टीकरण माग गरेको छ।
आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले ‘जनताको महाअभियोग आयोग’को नामबाट खाँणविरुद्ध बहुविवाहको उजुरी परेको जानकारी दिए।
लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो।
स्वास्थ्य सेवामा आएको सुधार, स्वास्थ्य सेवामा पहुँच, घट्दो शिशु मृत्युदरजस्ता कारणले पृथ्वीको जनसंख्या बढिरहेको राष्ट्रसंघले जनाएको छ।
आयोगले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानूनबमोजिम तत्काल कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि काठमाडौं उत्रिएको हो।
मुख्यमन्त्री पोखरेलले आफ्नै पार्टी (नेपाली कांग्रेस)बाट सरकारमा सहभागी मन्त्री खड्कालाई बर्खास्त गरेका छन्।
काठमाडौं– मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ इन्डेक्स ०.४० अ…
हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंसिर १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताए।
ताइवान मामिलामा अमेरिकाको बोली र व्यवहार स्थिर हुनुपर्ने चीनको धारणा छ।
देउवा र दाहालले सुर्खेत र दैलेखमा सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी हुँदा एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।
सरकारले निर्वाचनका लागि मंसिर २ गतेदेखि विदा दिने निर्णय गरेको छ। विदा मंसिर ५ गतेसम्म रहने गृहमन्त्रालयले जनाएको छ।
मुलुक निर्वाचनमा हाेमिएका बेला आफुहरूकाे उठीबास हुने गरी निकालिएकाे सूचना कुनै पनि हिसाबले न्यायसङ्गत नभएकाे र उक्त सूचना तुरुन्त फिर्ता लिन संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले माग गरेकाे छ।
सरकार विरोधी गतिविधि तथा ‘ईश्वर निन्दा’ गरेको आरोपमा इरानमा एकजनालाई मृत्युदण्डको सजाय दिइएको छ। त्यस्तै, इरानमा पछिल्लो समय भइरहेका आन्दोलनका क्रममा २० जनाभन्दा धेरैमाथि यस किसिमको मुद्दा चलिरहेको छ।