AnonymousUser

Logout

अमेरिकामा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

भर्जिनिया विश्वविद्यालयका विद्यार्थी चढेकाे बसमा अन्धाधुन्ध गोली चल्दा डेभिन चन्डलर, लाभेल डेभिस जुनियर र डिसेन पेरीकाे मृत्यु भएकाे छ।

विश्वकपको ‘डार्क हर्स’ बन्नसक्छ सर्बिया

विश्वकपमा समूह ३ मा परेको सर्बियाले लिग चरणमै ब्राजिल, स्विट्जरल्यान्ड र क्यामरुन जस्ता बलिया टोलीसँग खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।

जी–२० शिखर सम्मेलन आजदेखि

सम्मेलनको मुख्य नारा ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ तय गरिएको छ।

प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै रहेकाले प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

२०७९ कात्तिक २८, सोमबार

आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

नेप्से परिसूचक २१.२६ अंकले वृद्धि

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ।

दारीको १५० फिट लामो साङ्लो: अचम्मको विश्व रेकर्ड

यसअघि सन् २००७ मा जर्मनीमा ६२ फिट लामो दारीको साङ्‍लो बनाएर कायम भएको रेकर्ड अहिले तोडिएको हो।

अर्जुन र दीपेन्द्रको अर्धशतकको बाबजुद नेपाल यूएईसँग पराजित

यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। नेपालका लागि मध्यक्रमका ऐरीले सर्वाधिक ५४ रन बनाए।

नतासा बनिन् स्लोभिनियाको पहिलो महिला राष्ट्रपति

राष्ट्रपति निर्वाचित भएसँगै नतासा पिर्कले जयवायुका क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताएकी छन्।

जी-२० सम्मेलन: सी चिनफिङ र जो बाइडेनबीच महत्वपूर्ण भेटवार्ता  शुरू

तनावपूर्ण कूटनीतिक सम्बन्धका प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनका समकक्षीबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगत‍ले चासोका साथ हेरेको छ। 

तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दिएको आदेशमा के छ? (पूर्णपाठ)

अदालतले रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले काउन्सिलबाट अस्थायी प्रकृतिको सुविधा लिएको ठहर गर्दै निर्वाचन आयोगको निवेदन माग बमोजिम यसअघिको आदेश बदर गरिराख्न नपर्ने भनेको छ।

ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायमै, सर्वोच्चले दियो आदेशलाई निरन्तरता

सर्वोच्चले तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्ने यसअघिको आदेश निरन्तर राखेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र तीलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ।

‘उम्मेदवारको पक्ष वा विपक्षमा उभिने स्थानीय प्रशासनलाई तत्काल कारबाही हुन्छ’

निर्वाचन आयोगले स्थानीय प्रशासनले आचारसंहिता पालना नगरे कडा कारबाही गरिने बताएको छ। आयोगले सबै कर्मचारीको सूक्ष्म निगरानी गरिरहेको बताउँदै बदमासी गरे जागिर नै धरापमा पर्नसक्ने चेतावनी दिएको हो।

‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित

०४८ सालदेखि ०७८ सम्म २८ सरकार बने। पुस्तकमा यीनै सरकारका नालिबेली बताइएकाे छ।

यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

यूएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका प्रहार गरे। 

सुनको मूल्य घट्यो

छापावाल सुन प्रतिताेला ९७ हजार दुई सय र तेजाबी सुन ९६ हजार सात सय रुयैयाँमा काराेबार भइरहेकाे छ।

मानसिक अस्पतालमै माया बस्यो, त्यहीँ विवाह भयो

सन् २०२० मा उपचारका क्रममा अस्पतालमै भेट भएका ४२ वर्षीय महेन्द्रन र ३६ वर्षीया दीपाले गत अक्टाेबरमा विवाह गरेका छन्।

विश्वकप इतिहासमा नमेटिने ‘आत्मघाती गोल’को दाग

सन् १९३० देखि २०१८ सम्मको विश्वकपमा २ हजार ५४८ गोल भएका छन्। जसमध्ये आत्मघाती गोलको संख्या ५२ छ।

टर्कीको इस्तानबुलमा विस्फोट : ६ जनाको मृत्यु, ८१ घाइते

तक्सीम स्क्वायर क्षेत्रको बजारमा आइतबार साँझ शक्तिशाली विस्फोट भएको टर्कीका गर्भनर अलि यर्लिकायले बताएका छन्।

गोरखामा अब्दुसको टोलीमाथि आक्रमण, एक जना घाइते

घटनामा संलग्न तनहुँ घर भएका दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खाँटीपोखरीले जनाएको छ।