AnonymousUser

Logout

कोप २७ मा युवा अभियन्ताको जोड : जलवायु परिवर्तनका असर कम गर्न तत्काल कदम चालौँ 

कोप २७ सम्मेलनमा सहभागी भएका अधिकांश अभियन्ताले विश्वका शीर्ष नेताहरूलाई प्रत्यक्ष भेटेर नै जलवायु मामिलामा गम्भीर हुन दबाब दिए।

राजस्व संकलनमा निरन्तर धक्का

भन्सार विभागले साउनदेखि कात्तिकसम्म २ खर्ब २ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २९ अर्ब मात्र उठेको छ। जुन लक्ष्य भन्दा ७३ अर्ब कम हो।

वीरगन्जमा नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ

कलैया– १८ का अमिरी राउत र वीरगन्ज–१६ इनर्वाका राजन सिंहकाे साथबाट प्रहरीले १० हजार वटा नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप ४८ थान स्टयाम्प प्याड र दुई लाख ७२ हजार रुपैयाँ नगद बरामद गरेको छ।

गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु

प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। आगलागीको कारण यकिन हुन सकेको छैन।

निर्णायक खेलमा यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १७६ रन बनाएको छ। यूएईका लागि तल्लो क्रमका ब्याटर आयन खानले अविजित अर्धशतकीय इनिङ्स खेले।

‘देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्न आवश्यक’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनमा देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

राफेल मार्केज : जसले प्रायोजकको जर्सी लगाउन पाएनन्

मेक्सिकोका पूर्व डिफेन्डर राफेल मार्केजले रसिया विश्वकपमा जर्मनीविरूद्ध मैदान उत्रिँदै पाँचौँ विश्वकप खेलेर इतिहास बनाए। तर, लागुऔषध कारोबारीसँगको सम्बन्धका कारण उनले त्यसकाे खुसी मनाउन पाएनन्।

हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङकाे बबई गाउँपालिका– १ क्विरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षिया श्रीमती खुमी बोटेको हथौडाले हानेर हत्या गरेका छन्।

नेपाल र यूएईबीच निर्णायक खेल आज

बराबरी अवस्थामा रहेका नेपाल र पाहुना टोली यूएई जाे आजकाे खेलमा विजयी हुन्छन्, उसैले सिरिज उपाधि जित्नेछन्।

‘चुनावी घोषणापत्र र दन्त्यकथा उस्ताउस्तै भए’

चुनावी घोषणापत्रको मस्यौदाका क्रममा केही राजनीतिक दलका केही नयाँ अनुहारहरूले सृजनशील सोच अघि ल्याउलान् भन्ने अपेक्षा गरेको थिएँ। तर त्यस्तो देख्न पाइएन।

मौन अवधिमा चुनाव प्रचार गरे २५ हजार जरिबाना

निर्वाचन आयोगको केन्द्रीय आचारहिता अनुगमन समितिको बिहीबारको बैठकले मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचार गरेको पाइए ठाउँको ठाउँ २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको छ।

शुक्रबार देशभरको माैसम सफा रहने 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

विश्वप्रकाश भन्छन्– गगन थापा प्रधानमन्त्रीका लागि सुयोग्य भइसके

बेलायतले भख्खरै ४२ वर्षका प्रधानमन्त्री पाएको छ। अनि नेपालमा ५० वर्ष मुनिको नेताले प्रधानमन्त्रीमा दाबी गर्दा के अचम्म? गगनजीमा के योग्यता पुगेन, के क्षमता छैन? उहाँ प्रधानमन्त्रीलायक हो भनेको छु।

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन, बिहीबार मध्यरातबाट सीमा नाका बन्द हुँदै

नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक टेकप्रसाद राईले मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन तहमा वर्गीकरण गरिएको बताए।

२०७९ मंसिर ०१, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

सिटौला भन्छन्– वामपन्थी मतदाताले राजावादीलाई भोट हाल्ने परिस्थिति देख्दिनँ

म हारेको बेला यो क्षेत्र रित्तै थियो। जतिबेला म जितेको थिएँ, केन्द्रीय सरकारको नजर थियो क्षेत्रमा, विकासको योजना काफी आएको थियो। त्यहीकारणले मलाई मत दिन्छन् भन्ने विश्वास हो।

चालु पुँजी कर्जा मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव

मार्गदर्शनले अर्थतन्त्रलाई समस्यामा पार्ने भन्दै निजी क्षेत्रले विभिन्न माध्यमबाट असहमति व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग सुझाव मागेको हो।

प्रचण्डले भने – ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक

अध्यक्ष दाहालले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने बताए।

काठमाडौंमा मदिरा बिक्री र सेवनमा रोक

काठमाडौं प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेबाट मदिरा खरिद-विक्री र सेवनमा रोक लगाएको छ। सूचना परिपालना नगरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

मतदान केन्द्रमा तीन घेरामा सुरक्षा व्यवस्था

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको बताएका छन्।