AnonymousUser

Logout

सिन्धुली–२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

सिन्धुली-२ मा एमालेका मनोजजंग थापालाई साढे ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दाहाल निर्वाचित भएका छन्।

लयमा रहेको जर्मनीलाई रोक्ने लक्ष्यमा जापान

जर्मनी २२औँ संस्करणको विश्वकपमा समूह ‘ई’ मा परेको छ। समूहमा जर्मनीसँगै जापान, स्पेन र कोस्टारिका छन्।

अर्घाखाँची प्रदेशसभा (१) मा एमालेका आचार्य विजयी

अर्घाखाँचीको प्रदेशसभा (१) मा एमालेका चेतनारायण आचार्य २० हजार ५१८  मतसहित विजयी भएका छन्।

इन्डोनेसिया भूकम्प : मुत्यु हुनेको संख्या २६८ पुग्यो, १५१ बेपत्ता

इन्डोनेसियाको भूकम्पमा परि बालबालिकासहित कम्तिमा २६८ जनाले ज्यान गुमाएका छन्। एक हजारभन्दा बढी घाइते भएका छन्।

गुल्मी-२ बाट एमालेका गोकर्ण विष्टको 'ह्याट्रिक', झाँक्रीले दिइन् बधाइ

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत मात्रै प्राप्त गरिन्।

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

प्रतिनिधिसभा सदस्यसमेत जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ पनि १ र २ पनि जित निकालेको छ।

काठमाडौँ–१ मा कांग्रेसको ‘क्लिन स्विप’

काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा र दुवै पदेशसभामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

बाँके–२ मा राप्रपाका धवलशमशेर विजयी 

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन्।

पर्सा– ४ मा कांग्रेसका रिजाल विजयी

पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन्।

कास्की– २ काे प्रदेशसभा (१) मा एमालेका कार्की निर्वाचित

कास्की क्षेत्र नम्बर २ काे प्रदेशसभा (१) मा नेकपा एमालेका भीम कार्की विजयी भएका छन्।

बागलुङका चारवटै प्रदेशसभामा कांग्रेसको जित

बागलुङका चारवटै प्रदेशसभामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ।

सुर्खेत–२ मा कांग्रेसका थानी निर्वाचित

सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन्। उनले ३४ हजार ६२५ मत प्राप्त गरे।

अछाम–१ मा एकीकृत समाजवादीका कुँवर विजयी

अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।

काठमाडौँ–७ बाट रास्वपाका गणेश पराजुली निर्वाचित 

काठमाडौँ क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली आठ हजार ७४३ मतसहित विजयी भएका छन्।

काठमाडौँ–२ मा रास्वपाकी गौतम विजयी

काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले १५ हजार दुई सय २९ मत पाइन्।

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री श्रेष्ठ तेस्राे

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरे।

गुल्मीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु 

गुल्मीको सत्यवति गाउँपालिका– ३ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।

डडेलधुराबाट शेरबहादुर देउवाको सातौँ जित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

सीके राउतले अग्रता लिइरहेको सप्तरी-२ मा मतगणना रोकियो

जसपाका नेता/कार्यकर्ताहरूले मतगणना केन्द्रअगाडि धर्नासमेत शुरू गरेका छन्।