काठमाडौँ महानगरपालिकाले बस्ती खाली गराउन थालेपछि सुकुमबासीहरू आन्दोलित भएका छन्। उनीहरूले मंगलबार महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन्।
संस्कृति
६ महिनाअघि बुंगमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिरमा स्थापित गरिएको रातो मच्छिन्द्रनाथको मूर्तिलाई पाटन तः बहालस्थित मच्छिन्द्रनाथको मन्दिरमा पुनः स्थापित गरिएको छ। सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई नेपाल भाषामा बुंग द्यः बुंगमतिका देवता र लोकेश्वर करुणामय पनि भनिन्छ। रातो मच्छिन्द्रनाथको मूर्तिलाई ६ महिना बुंगमतिस्थित मच्छिन्द्रनाथको मन्दिर र ६ महिना पाटनको तः बहालस्थित मच्छिन्द्रनाथकै मन्दिरमा राख्ने गरिन्छ। सबैभन्दा लामो जात्राको रूपमा मानिने ‘रातो मच्छिन्द्रनाथको जात्रा’पछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमतिमा लगिन्छ। र, ६ महिनाको अन्तरालतमा मच्छिन्द्रनाथलाई पाटन फर्काइने चलन चलिआएको छ। तस्वीरहरू : अमित मचामसी
चीनले कोरोनाविरुद्धको लडाइँमा सफल भइछाड्ने बताएको छ। शून्य कोभिड नीतिविरुद्ध बढिरहेको आम असन्तुष्टि बीच सरकारले यस्तो दाबी गरेको छ।
सोमबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ९७ हजार ४०० तोकिएको छ।
सुनसरी–४ मा मतगणना शुरू गर्ने सहमति भएको छ। मंगलबार बिहान बसेको सर्वदलीय बैठकले विवाद भएकै ठाउँबाट गणनालाई निरन्तरता दिने सहमति गरेकाे हाे।
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ।
कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई हराउदै धनुषा क्षेत्र नम्बर ४ बाट एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
कतारमा जारी विश्वकप फुटबल अन्तर्गत् आजदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्। यी खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ।
फरवार्ड ब्रुनो फर्नान्डेजले दुई गाेल गरेपछि पोर्चुगल एक खेल अगावै कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
कतारमा जारी विश्वकप फुटबलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै ब्राजिल एक खेल अगावै नकआउट चरण प्रवेश गरेको छ।
स्वर्गीय विजयबाबु खत्रीको स्मृतिमा स्थापित ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ उकालो सहकर्मी दिपा दाहाललाई प्रदान गरिने भएको छ। पुरस्कार मंसिर २४ गते हस्तानान्तर गरिनेछ।
घानासँग हार बेहोरेसँगै नकआउट चरणमा पुग्ने कोरियाको सम्भावना कमजोर बनेको छ।
“यो पटक हाम्रो वेगलाई रोक्न मिल्दैन। प्राविधिकरूपमै मिल्दैन। वेग रोक्नखोज्दा परिणाम के आउँछ सबैलाई थाहा छ। हाम्रो नेतृत्वले यो कुरा बुझ्न जरूरी छ।”
तीव्ररूपमा भइरहेको जनसंख्या वृद्धिसँगै शहरहरू कुरूप बन्दै गएको बताउँदै मेयर सुनिल प्रजापतिले व्यवस्थित र प्रदूषणरहित शहर निर्माण गर्नुपर्नेमा जोड दिए।
राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग नगर्ने भन्दै चेम्बर अफ कमर्शले सो व्यवस्थाविरुद्ध असन्तुष्टि जनाएको छ।
एमालेले सुनसरी-४ मा अवरुद्ध मतगणना तत्काल पुनः शुरू नगरिए सडक संघर्ष थाल्ने चेतावनी दिएको छ।
लुसेल आइकोनिक रंगशालामा सोमबार उरुग्वेविरुद्ध मैदान उत्रिँदा पोर्चुगल चार वर्ष अगाडिको बदला लिने लक्ष्यमा हुनेछ। उरुग्वेका लागि बराबरी या हारले टोलीको अघिल्लो यात्रा सकसपूर्ण बनाउने देखिन्छ।
काठमाडौँ महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन पुग्दा त्यहाँ आश्रयस्थल बनाएर बसिरहेका सुकुम्वासीहरूले प्रतिकार गरेका छन्। उनीहरूले मेयर बालेन शाहविरुद्ध नाराबाजी समेत गरेका थिए।
एमसीए–नेपालले एमसीसी परियोजना अघि बढाएको छ। एमसीएले परियोजनाअन्तर्गत निर्माण हुने प्रसारण लाइनको निर्माणका लागि ठेक्का आव्हान गरेको छ।
चित्रकला
आर्टस्टुडियोले आयोजना गरेको भित्ते चित्रकला परियोजना २०२२ अन्तर्गत लाइभ आर्ट शोमा सहभागी हुँदै कलाकार। शोपश्चात् छनोट भएका चित्रकारले नेपालका विभिन्न सार्वजनिक स्थानमा आफ्नो भित्ते चित्रकला कोर्न पाउनेछन्।