AnonymousUser

Logout

बाजुरामा कांग्रेसका बद्री पाण्डे २४ सय मतले अगाडि

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले २४ सय मतले अग्रता लिएका छन्।

अहिलेसम्म सात राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता : निर्वाचन आयोग

अहिलेसम्म एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको आयोगले जनाएको छ।

ब्राभोले चेन्नईको बलिङ 'डिपार्ट' सम्हाल्ने

चेन्नईको बलिङ प्रशिक्षक बालाजीले व्यक्तिगत कारण देखाउँदै एक वर्षका लागि ब्रेक लिएका छन्। उनको स्थानमा ब्राभोले चेन्नईको टिमलाई बलिङ प्रशिक्षण दिने छन्।

अमेरिकी र्‍यापर कान्ये वेस्टलाई ट्विटरले लगायो प्रतिबन्ध

हिंसाका लागि उक्साएको र ट्विटरका नियम उल्लंघन गरेकाले कान्येलाई ट्विटरमा प्रतिबन्ध लगाइएको मस्कको भनाइ छ।

मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरू सकिने बताएका छन्।

रूस–युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग भेट्न तयार छु: बाइडेन

फ्रान्सका राष्ट्रपति म्याक्रोँले दबाबपूर्ण सम्झौताका लागि युक्रेनलाई कहिल्यै आग्रह नगर्ने विषयमा आफू र बाइडेनबीच सहमति भएको बताएका छन्।

सुदूरपश्चिम यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा पुगेको छ।

ज्ञानेन्द्रको अर्धशतकमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको छ।

बाजुरामा रोकिएको मतगणना पुनः शुरू

बाजुरामा रोकिएको मतगणना पुनः शुरू भएको छ। मुचुल्कामा भन्दा ४० वटा बढी मतपत्र भेटिएपछि शुक्रबार बिहान ८ बजेबाट मतगणना रोकिएको थियो।

सुकुमबासीबारे भूमि आयोग र काठमाडौँ महानगरबीच 'जुहारी'

काठमाडौँमा अव्यवस्थित रूपमा बसोबास गरेकाहरूलाई हटाउन विषयलाई लिएर काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच टकराब बढेको छ।

माओवादीसँग एकता हुने प्रचारमा सत्यता छैन : एकीकृत समाजवादी

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्नेमा आफूहरू प्रष्ट रहेको तर माओवादी केन्द्रसँग एकता गर्नका लागि भने छलफल नै नभएको एकीकृत समाजवादीले जनाएको छ।

बाजुरामा रोकिएको मतगणना शुरू गर्न दलहरूसँग छलफल

निर्वाचन अधिकृत ढाकाराम पौडेलले बाजुरामा मतगणना पुनः शुरू गर्नका लागि दलहरूसँग छलफल भइरहेको बताएका छन्।

रवि लामिछानेको नागरिकता विवाद छानबिन गर्न काठमाडौँ प्रहरीलाई प्रशासनको पत्र

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता छानबिन गर्न काठमाडौँ जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ। लामिछानेमाथि नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको आरोप छ।

ब्राजिललाई हराएर ३२ वर्षपछि अन्तिम १६ मा पुग्ने क्यामरुनको लक्ष्य

जारी विश्वकपमा १ अंक जोडेको क्यामरूनले अघिल्लो चरणमा पुग्न ब्राजिललाई हराएर मात्र पुग्दैन। अर्काे खेलमा सर्बियाले स्वीट्जल्यान्डलाई पनि पाखा लगाउनुपर्ने छ।

बाजुरामा राेकिएकाे मतगणना शुरू हुन सकेन

बाजुरामा बिहान ८ बजेदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।

लिग टू : नामिबियासँग खेल्दै नेपाल

आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले शुक्रबार घरेलु टाेली नामिबियासँग खेल्दै छ।

रुस–युक्रेन युद्धमा १ लाख रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनले रुससँगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै, उसले युद्धमा रुसका १ लाख सैनिक मारिएको दाबी गरेको छ।

बाजुरामा मतगणना रोकियो

बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ। 

दोलखामा माओवादी केन्द्रका कार्कीकाे अग्रता

दाेलाखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकाेटीले पछ्याइरहे्का छन्।

विश्वकप फुटबलः समूह चरणका अन्तिम ४ खेल हुँदै 

विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।