AnonymousUser

Logout

नौ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ काे अगाडि ?

प्रतिनिधिसभातर्फ परिणाम आउन बाँकी नौमध्ये कांग्रेस तीन क्षेत्रमा अगाडि छ। दुईक्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। तीन क्षेत्रमा मतगणना हुन सकेकाे छैन।

बेल विवाह

भक्तपुरको चसुखेलमा सामूहिक बेल विवाह\r\n

भक्तपुर ८ चसुखेलस्थित चण्डेश्वरी मन्दिर परिसरमा आइतबार सामूहिक बेल विवाह भएको छ। नेवार समुदायमा महिलाको रजस्वला हुनुअघि गरिने कर्मलाई ‘ईहि’ अर्थात् ‘बेल विवाह’ भनिन्छ। यसमा ५ देखि ७ वर्षका नेवार समुदायका बालिकाको ‘बेल’सँग  विवाह गराइदिने परम्परा छ। प्रचलित जनविश्वासमा ‘बेल’ लाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ। विष्णुसँगको विवाह भएका कारण श्रीमान् बिने पनि कसैले विधवा हुननपर्ने जनश्रुति छ। यद्यपि, कतिपय संस्कृतिविद्ले भने फरक तर्क दिएका छन्। ‘बेल’ लाई अवश्नीकुमारको प्रतीक मानी ‘कन्यादान’ दिएमा अखण्ड सौभाग्य प्राप्ति हुने संस्कृतिविद्ले जनाउँदै आएका छन्। तस्वीरहरू : अमित मचामसी

फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेको दुई गोल

फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ निर्वाचित

रामेछापमा एमालेका कौशलप्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम तामाङ विजयी भएका छन्। 

धनुषा–१ मा मातृका यादव पराजित, जसपाका दीपक कार्की विजयी

धनुषा–१ बाट माओवादी केन्द्रका मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी भएका छन्।

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी–१ मा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।

विश्वकप : मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ।

इलाम–२ बाट एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

इलाम–२ बाट कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका छन्। 

रवि लामिछानेसँग अन्तर्वार्ता– ‘सरकारमा जान तयार छौँ, पहिले नेतृत्व कसको भन्ने टुंगो लागोस्’

हामी हाम्रा वाचा भुल्ने छैनौँ। क्रमशः काम गरेर देखाउने छौँ। तर, यसका लागि समय लाग्छ। कुनै पनि राम्रो काम गर्न देशमा एक किसिमको विद्रोह गर्नै पर्छ। विद्रोहमा सबैको साथ हुन आवश्यक पनि छ।

विश्वकपमा लेवान्डोस्कीको पहिलो गोल, पोल्यान्डसँग साउदी पराजित

कतारमा जारी विश्वकपमा शनिबार राति सम्पन्न खेलमा पोल्यान्डले साउदी अरबलाई पराजित गरेको छ।

सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी-२ बाट नेकपा एमालेका भीम आचार्य करिब ६ हजार मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

सर्लाही–२ बाट महेन्द्र राय निर्वाचित, राजेन्द्र महतो पराजित

सर्लाही-२ बाट महेन्द्र राय निर्वाचित भएका छन्। राजेन्द्र महतो २ हजार मतान्तरले पराजित भएका छन्।

ओलीले भने– समानुपातिकतर्फ केही पार्टीको मत वृद्धि अस्वाभाविक देखियो

एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै सचेत रहन निर्वाचन प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।

मोरङ–३ बाट कांग्रेसका सुनील शर्मा निर्वाचित

मोरङ- ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा विजयी भएका छन्। एमालेका भानुभक्त आचार्य र राप्रपाकी रेखा थापा पराजित भएका छन्।

रूपन्देही-३ बाट राप्रपाका दीपक बोहोरा विजयी, गृहमन्त्री बालकृष्ण खाँण पराजित

रूपन्देही-३ बाट गृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा निर्वाचित भएका छन्।

सुनसरी–३ मा विजय गच्छदारभन्दा भगवती चौधरी साढे ४ हजार मतले अगाडि

सुनसरी- ३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै छ। उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा साढे ४ हजार मतले अगाडि छन्।

कितियाले खिचेका हिउँ चितुवाका तस्वीरहरू 'फेक' भएको दाबी

नेपालको हिमाली क्षेत्रमा खिचिएको भनिएका हिउँ चितुवाका तस्वीरहरू 'फेक' भएको दाबी गरिएको छ।

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

कपिलवस्तु-२ बाट नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

कपिलवस्तु २ बाट नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य ३९ हजार १४ मत ल्याएर निर्वाचित भएका छन्।

ठूला प्रतियोगितामा नेयमार जहिल्यै घाइते!

सर्बियाविरूद्धको खेलमा ब्राजिलले जित निकाले पनि मुख्य फरवार्ड नेयमार घाइते भए। यो विश्वकपमा कम्तिमा दुई खेल गुमाउने निश्चित भएका उनी अधिकांश ठूला प्रतियोगितामा विपक्षी खेलाडीको 'तारो' हुने गरेका छन्।