दक्षिण एसियामा लैंगिक समानताका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले शुरू गरिएको कमला भासिन लैंगिक समानता अवार्ड नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूतलाई दिइएको छ।
समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ। रास्वपा १० लाख ८ हजार २४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।
कोस्टारिकाले एशियाली राष्ट्र जापानमाथि १-० को जित निकालेको छ। जितसँगै कोस्टरिकाले नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ
आइतबारको खेलमा जापानले कोस्टारिकासँगको हार टारे जर्मनीलाई अन्तिम १६ मा पुग्न स्पेनलाई हराउनैपर्ने बाध्यता हुनेछ। यस्तोमा जर्मनीका प्रशिक्षक फ्लिक गल्ती सुधारेर प्रदर्शन गर्ने चुतौती रहेको बताउँछन्।
निर्वाचित प्रतिनिधिसभा सदस्यले पारिश्रमिकका अलावा एक जना स्वकीय सचिव राख्न पाउँछन्। स्वकीय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवा-सुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता दिइन्छ।
समानुपातिकतर्फको जारी मतगणनामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख मत कटाएको छ।
कतारमा जारी फिफा विश्वकप २०२२ मा दर्शकको प्रथ प्रदर्शनका लागि राखिएका ‘मेट्रो म्यान' भाइरल बनेका छन्।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिचसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३२.४३ अंकले नेप्से बढ्यो भने २ अर्ब २ करोडको सेयर किनबेच भयो।
अद्यावधिक विवरणअनुसार देशभरका मतगणनास्थलमा समानुपातिकतर्फका ८७ लाखभन्दा बढी मत गनिएका छन्। समानुपातिकमा एमाले पहिलो तथा कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
थापागाँउस्थित मण्डला थिएटरमा मंसिर ९ गतेबाट शुरू भएको निट फेस्टिभल मंसिर १७ गतेसम्म चल्ने छ।
चीनका विभिन्न शहरमा कोरोना भाइरस संक्रकण रोक्नका लागि सरकारले लागू गरेका कडा नियमका विरुद्धमा प्रदर्शन गरिएको छ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा गठबन्धन पूर्णतः सफल भएको निष्कर्ष निकालेको छ। त्यस्तै, निर्वाचनमा भएको विजय तथा पराजयको समीक्षा गरिने माओवादी केन्द्रले जनाएको छ।
लुकाकुबिना नै खेलमा उत्रिएको बेल्जियमलाई समूह चरणको खेल जित्नैपर्ने चुनौती हुनेछ। चोटबाट भर्खरै तंग्रिन लागेका लुकाकु प्रशिक्षणमा भएपनि मोरक्कोविरुद्धको खेल खेल्ने छैनन्।
गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको परिणामपछि गठबन्धनकै सरकार बन्ने बताएका छन्। सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै उनले ५ वर्ष गठबन्धनकै सरकार रहने बताए।
खुलामञ्चको संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’ अभियानले काठमाडाैँ–२८ का वडाध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
स्थानीय निर्वाचनमा हार बेहोरेपछि ताइवानकी राष्ट्रपतिसमेत रहेकी साई इन वेनले पार्टी अध्यक्षबाट राजीनामा दिएकी छन्। उनले हारको जिम्मा लिँदै राजीनामा दिएकी हुन्।
सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले चार मतले पछि पारेका छन्।
कांग्रेस र एमाले कार्यकर्ताले एक अर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी हालेपछि बाजुरामा मतगणना अनिश्चित बनेको छ।
फिफा विश्वकप फुटबलमा आइतबार समूह चरणअन्तर्गत समूह ‘इ’ र ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्।
लैंगिक हिंसा
महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा \'लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट\' आयोजना गरिएको छ। माइतीघर मण्डलमा कलाकारहरूले नाटक प्रदर्शन गरेका हुन्। आभा फर क्रियटिभिटी समूहले \"निर्दोष पक्षी\" नामक उक्त नाटक देखाएको हुन्। तस्वीरहरू : अमित मचामसी