AnonymousUser

Logout

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ९३ लाख आठ हजार १६४ (खसेको मतको ८४.८२ प्रतिशत) मतगणना भइसकेको छ।

मधेशमा ४ हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण लाइन बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले विद्युत्काे आन्तरिक खपत बढाउन मधेशका विभिन्न जिल्लामा प्रसारण लाइन बनाउने भएको छ।

उदयपुरमा १५ उम्मेदवारद्वारा पुनः मतदानको माग, मतगणना राेकियाे

एमालेसहितका १५  उमेदवारले पुनः मतदानको माग राखेपछि उदयपुर–१ को मतगणना अनिश्चित बनेको छ।

समानुपातिकतर्फ एमालेले कटायो २५ लाख मत, एकीकृत समाजवादीको साढे दुई लाख

बिहान १०ः४५ सम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ।

रामचन्द्र पाैडेल र माधव नेपालबीच भेटवार्ता

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

निटफेस्टमा चौथो दिन दुई नाटक मञ्चन गरिँदै

काठमाडौँमा चार दिनदेखि जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट २०२२) मा सोमबार प्यानल डिस्कसन र दुई नाटक मञ्चन हुँदैछन्।

विश्वकप फुटबल : आज कुन टिम कोसँग भिड्दैछन्?

फिफा विश्वकप फुटबलमा सोमबार समूह ‘जी’ र समूह ‘एच’ का दुई–दुई खेल हुँदैछन्।

धनुषा–४ मा ५४७ मतले यादव अघि, पछि परे महासेठ

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव एमालेका रघुवीर महासेठभन्दा यादव ५४७ मतले अगाडि छन्।

क्यानडामाथि क्रोएसियाको फराकिलो जित

उत्तर अमेरिकी टोली क्यानडा क्राेएसियासँग फराकिलाे हार बेहाेरेसँगै एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ।

काेरियन भाषा परीक्षाका लागि खुल्याे आवेदन

रोजगार अनुमति प्रणाली (इपीइस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।

सुनसरी–१ बाट जसपाका अशोक राई विजयी

सुनसरी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन्।

स्पेन र जर्मनीले अंक बाँडे, समूहबाट चारै टोलीको अगाडि बढ्ने सम्भावना कायमै

अग्रता जोगाउन नसक्दा स्पेनले कतार विश्वकप अन्तर्गत समूह ई को खेलमा जर्मनीसँग अंक बाँडेको छ। अल बेयत रंगशालामा आइतबार राति सम्पन्न खेलमा जर्मनीसँग स्पेन १-१ गोलको बराबरीमा रोकिएको हो।

पाँच क्षेत्रमा मतगणना जारी : कांग्रेस र एमाले दुई/दुई, जसपा एक ठाउँमा अगाडि

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। जसमध्ये दुईमा कांग्रेस, दुईमा एमाले र एक ठाउँमा जसपाका उम्मेदवार अगाडि छन्।

कांग्रेसले शुरू गर्‍यो एमालेसँग संवाद, सत्ता साझेदारी गर्नेसम्मको प्रस्ताव

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालकोटस्थित निवासमै भेटेर कांग्रेस नेता प्रकाशमान सिंहले संवाद गरेका छन्।आमनिर्वाचनको पूर्ण नतिजा सार्वजनिक भइनसक्दै भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ४८ हजार मतसहित तेस्रो स्थान उक्लिएको छ। माओवादी केन्द्रले १० लाख ३७ हजार मत पाएको छ।

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

सात लघुबीमा कम्पनीले पाए सञ्चालन अनुमति

लघुबीमा सञ्चालका लागि ३१ आवेदन परेकोमा प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ। 

मोरक्को सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरण प्रवेशनजिक

मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ। मोरक्कोको जितमा अब्देलहामिद साबिरी र जाकारिया अबोउखलालले १/१ गोल गरे।

यू–१९ क्रिकेटः गण्डकी सुदूरपश्चिमसँग ११३ रनले पराजित

सुदूरपश्चिमले गण्डकीलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा तेस्रो जित हात पारेको छ। 

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

मंसिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको भन्दै निर्वाचन आयोगले मंसिर १५ गतेभित्र पुनः निर्वाचन गराउने निर्णय गरेको छ।