AnonymousUser

Logout

मणिपाल अस्पतालको तेस्रो तलाबाट खसेर वृद्धाको मृत्यु

मणिपाल अस्पतालको तेस्रो तलबाट खसेर बिरामीलाई भेट्न आएकी वृद्धाको मृत्यु भएको छ।

संसद् सचिवालयको पत्रविरुद्धको मुद्दाको बहस सकियो, आदेश आजै आउने

बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले संसद् सचिवालयले पठाएको पत्र कार्यान्वयनमा रोक लगाउन माग गरेका छन्।

समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका रोहिंग्या शरणार्थीको उद्धार गर्न यूएनएचसीआरको आग्रह

राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले भारतीय अण्डमान समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका दुई सय जना शरणार्थीको उद्दार गर्न आग्रह गरेको छ।

अनधिकृत व्यक्तिले लेखेको पत्रका आधारमा महाभियोग खारेज हुन्न : वरिष्ठ अधिवक्ता भट्टराई

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा गर्ने संसद् सचिवालयको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ शुरू भएको छ।

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'किम्फ'

कीम्फ को २०औँ संस्करण बिहीबारदेखि काठमाडौँमा शुरू भएको छ। सन् २००० देखि शुरू भएको कीम्फमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन्।

चोलेन्द्रविरुद्धको महाभियोग : संसद् सचिवालयको पत्रबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसद् सचिवालयले दिएको पत्रबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुँदैछ।

क्रोएसियाका लागि ब्राजिल डरलाग्दो प्रतिद्वन्द्वी!

पाँचपटकको विश्वविजेता ब्राजिल र चार वर्षअघि आयोजित रसिया विश्वकपको उपविजेता क्रोएसियाबीच शुक्रबार हुने क्वार्टरफाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

इरानमा सरकारविरुद्ध प्रदर्शन गरेको आरोपमा १ जनालाई मृत्युदण्ड

सरकार तथा ईशनिन्दा गरेको आरोपमा इरानमा १ जनालाई मृत्युदण्ड दिइएको छ। उनीमाथि सडक अवरुद्ध पारेको र छुरा प्रहार गरी अर्धसैनिक बलका जवानलाई घाइते बनाएको आरोपसमेत छ।

आजको मौसम

हाल देशका केही भागमा आंशिक बदली रही अन्य भागको मौसम सफा रहेको छ।

युरोपेली आयोगले रूसमाथि थप प्रतिबन्ध लगाउने

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

विद्युत् खपत बढाउन पूर्वाधार विकासमा केन्द्रित छौँ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताएका छन्।

गोविन्द गिरी प्रेरणाको 'सुश्री पारिजात' सार्वजनिक

गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ बिहीबार लोकार्पण गरिएको छ।

एनरिकेको राजीनामा स्वीकृत, फुइन्टे बने स्पेनका नयाँ प्रशिक्षक

स्पेनिस फुटबल महासंघले लुइस एनरिकेको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा लुइस फुइन्टे नियुक्त गरेको छ।

नेपाल स्कट्ल्यान्डसँग ८ विकेटले पराजित

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको स्कट्ल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनायो।

ज्यापु दिवस

बसन्तपुरमा मनाइयाे ज्यापु दिवस

ज्यापु संस्कृत बिकास कोषले १९औँ ज्यापु दिवस तथा य:मरी पुन्हीका अवसरमा र्‍याली निकालेको छ। परम्परागत बाजा र चामलको पिठोबाट बनाइएको य:मरीसहित लगनबाट शुरू भएको र्‍याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो। काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल, निवर्तमान मेयर विद्यासुन्दर शाक्यलगायत स्थानीय सहभागी थिए। नेपाल भाषामा य:को अर्थ मनपर्ने र मरीको अर्थ रोटी हाे। नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। तस्वीरहरू: अमित मचामसी

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् बोलुवार्ते

पेरुमा पहिलोपटक महिला राष्ट्रपति नियुक्त भएकी छन्। पूर्वराष्ट्रपति पेद्रो कास्तियोमाथि महाअभियोग लागेपछि ६० वर्षीय दिना बोलुवार्ते राष्ट्रपति बनेकी हुन्।

व्यवस्थित लिग र युरोपबाट खेल्ने खेलाडीले बलियो बनाएको जापान

सन् २०९२ सम्म विश्वकप जित्ने भिजनसहित अगाडि बढेको जापानले युवाहरूलाई आकर्षित गर्न टीभी कार्यक्रम र चलचित्र निर्माणमा जोड दिएको छ।

अर्थमन्त्रीले उद्योगीहरूलाई भने- आन्दोलनमा होइन, उत्पादनमा लाग्नुहोस्

मन्त्री शर्माले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताएका छन्।

समानुपातिक सांसद छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूका विषयमा टुंगो लगाउन कार्यसम्पदान समितिको बैठक बोलाएको छ।

भारतीय विधानसभा चुनाव : गुजरातमा बीजेपी र हिमाचलमा कंग्रेस अगाडि

गुजरात तथा हिमाचल विधानसभाका लागि भएको निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) र भारतीय कंग्रेसले अग्रता लिएका छन्। गुजरात विधानसभामा १८२ सिट छन् भने हिमाचलमा ६८ सिट रहेका छन्।