AnonymousUser

Logout

पुटिनको स्वीकारोक्ति : युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो 

पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे।

प्रदेशसभामा कसरी चुनिन्छन् समानुपातिक सांसद?

मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको समग्र नतिजा आइसकेको छ। अब समानुपातिकतर्फको सिट बाँडफाँट प्रक्रिया शुरू भएको छ।

होटलजस्तो कार्यालय

ट्विटरका मालिक एलन मस्कले कर्मचारीको आरामका लागि कार्यालयमै शयन कक्षको व्यवस्था गरेका छन्।

एमालेले बोलायो सचिवालय बैठक

मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्दैछ।

ज्यापु दिवसका अवसरमा सम्मान

ज्यापु संस्कृति विकास कोषले नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरेकाे छ।

‘न्यायाधीश गिरीले बलात्कार र गर्भपतन गराइरहे, महिला आयोगले मिलापत्र गर्न भन्यो’

जिल्ला न्यायाधीश भुवन गिरीले सम्बन्धविच्छेद भइसकेको भन्दै ढाँटेर आफूसँग बिहे गरेको बताउने उनी भन्छिन्- श्रृंखलाबद्ध रूपमा कुटपिट, जबर्जस्ती करणी र गर्भपतनसमेत गराए, प्रहरीले जाहेरी लिएन।

कैलालीको वनक्षेत्र केबलकार कम्पनीलाई दिने सरकारको निर्णय

सरकारले व्यवसायी चन्द्र ढकालको लगानी रहेको जाल्पादेवी केबलकार कम्पनीलाई कैलालीको राष्ट्रिय वन क्षेत्रमा केबलकार सञ्चालनका लागि जग्गा दिने निर्णय गरेको छ।

नेपाल र स्कटल्यान्ड भिड्दै

नामिबिया भ्रमणमा रहेकाे नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजकाे तेस्राे खेलमा बिहीबार स्कटल्यान्डसँग खेल्दैछ।

पूर्वी पहाडमा चासोक तङ्नामको रौनक 

चासाेक तङ्नामका अवसरमा च्याब्रुङ बजाएर पालम (धान नाच) नाच्ने चलन छ।  साइनो नलाग्ने महिला पुरुष एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गरिन्छ।

प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाखसम्म जरिबाना 

सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेकाे छ।

उधौली पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको छ : प्रधानमन्त्री देउवा

 किराँत समुदायले मनाउँने उधाैली पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्ता चाडले नेपाली समाजमा आपसी सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएकाे बताएका छन्।

नामिबियासँग नेपाल ८६ रनले पराजित

नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८९ रन बनाउँदै अलआउट भयो।

मधेश प्रदेशमा सरकार बनाउने ‘चाबी’ सीके राउतको हातमा

कुनै दल वा गठबन्धनले प्रष्ट बहुमत नल्याएको मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले दौडधुप तीव्र पारेको छ। तर, सीके राउत नेतृत्वको जनमत पार्टीको सहयोगबेगर मधेश सरकार बन्नसक्ने देखिन्न।

अयोग्य नेतृत्वका कारण वायुसेवा निगम थला पर्‍यो : पर्यटनमन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले आइकाओले नेपालको नीति, प्राधिकरण हवाई सुरक्षामा नेपालले गरेका कामका आधारमा नेपाललाई चाँडै कालोसूचीबाट हटाउने विश्वास व्यक्त गरे।

समानुपातिकमा कुन दलले कति सिट पाए? यस्तो छ आयोगको सूची

निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ।

चीन अमेरिकाका लागि खतरा बन्दै गएको पेन्टागनको निष्कर्ष

अमेरिकाले चीनको राष्ट्रिय-परराष्ट्र र आर्थिक नीति, बेल्ट एन्ड रोड इनिसिएटिभ, सेना र नागरिक जोडिएको विकास रणनीति, रक्षा र सैन्य नीति, आणविक क्षमतासहित दर्जनौँ विषय समेट्दै प्रतिवेदन सार्वजनिक गरेको छ।

जर्मन संसद्‍मा आक्रमणको योजना बनाएको आशंकामा २५ जना गिरफ्तार

अति दक्षिणपन्थी समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको सरकारी अधिकारीले जानकारी दिएका छन्।

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै उपराष्ट्रपति फर्नान्डेजका समर्थकले राष्ट्रव्यापी हडताल गर्ने चेतावनी दिएका छन्।

काठमाडौं महानगर दिवस एक साता मनाइने

काठमाडौँ महानगर दिवस एक साता विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ।

माइकलको शतकमा नामिबियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको छ।