AnonymousUser

Logout

मिलेर सरकार बनाउने ओलीको प्रस्तावबारे जसपामा छलफल

बालकोटमा ओलीले आफूहरूलाई मिलेर सरकार बनाउन गरेको प्रस्तावबारे पार्टीमा छलफल शुरू गरेको जसपाका नेता अशोक राईले बताए।

सरकार बनाउन ओलीको प्रस्तावपछि राप्रपा आन्तरिक बैठकमा

प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले मिलेर सरकार बनाउन आग्रह गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ।

ओली निवास बालकोट पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। 

राजेन्द्र लिङ्देन र रवि लामिछाने बालकोटमा

सत्ता गठबन्धन फुटको संघारमा पुगेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले सक्रिय भएको छ।

लुम्बिनीको लगातार दोस्रो जित, लाहिरूको अर्धशतक

लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो।

बालुवाटारमा प्रचण्डको घोषणा- ‘सत्ता गठबन्धन टुट्यो’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुटको अवस्थामा पुगेको बताएका छन्। कांग्रेस र माओवादीका शीर्ष नेताले आआफ्नो अडान नछोडेपछि गठबन्धन संकटमा परेको उनले बताए।

बालुवाटार बैठक छाडेर निस्किए दाहाल, ओलीलाई भेट्न बालकोट जाँदै

सत्ता गठबन्धनको बैठकमा पहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय टुंगो नलागेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन्।

अल्पमतको सरकार गठन गर्न आह्वान गर्ने राष्ट्रपतिको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आफूले दिएको समयसीमाभित्र कसैको दाबी नपरे अल्पमतको सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेकी छन्।

कांग्रेससँग माओवादी र एकीकृत समाजवादीको प्रस्ताव : प्रमुख तीन पद एक–एक दलले बाँडौँ 

बालुवाटारमा जारी गठबन्धनको बैठकमा माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख तीन पार्टीले बाँडफाट गर्नुपर्ने अर्को प्रस्ताव राख्ने भएका छन्। 

पहिले प्रधानमन्त्री नपाए गठबन्धन तोड्छौँ : माओवादी

नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको बैठकले माओवादीलाई पहिले प्रधानमन्त्री नदिए वर्तमान सत्ता गठबन्धन छाड्ने निर्णय गरेको छ।

बुद्ध एयरका संस्थापक बस्नेतको निधन

बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९५ वर्षको उमेरमा निधन भएको छ। 

देउवा-दाहाल वार्तापछि सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ।

प्रधानमन्त्री टुंगो लगाउन बालुवाटारमा देउवा र दाहालकाे ‘वान अन वान’ वार्ता 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै अहिले बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ‘वान अन वान’ वार्ता गरिरहेका छन्।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आज सकिँदै

सरकार गठनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ। 

आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा

इसाई धर्मगुरु जिसस क्राइस्टको जन्मदिनको खुसीयालीमा ‘क्रिसमस डे’ मनाउँने चलन छ। इसाई धर्मावलम्बीले आपसमा शुभकामना आदानप्रदान र चर्चमा प्रार्थना गर्दै यो पर्व मनाउँने गर्छन्।

आज कुन प्रदेशको मौसम कस्तो छ?

तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवनमा प्रभाव पर्नेछ।

सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै 

गठबन्धन दलहरूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भए पनि कसले पहिले गर्ने भन्ने टुंगो लागेको छैन।

'कोभिड–१९ को जोखिम बढ्न सक्छ, सजग रहनू'

छिमेकी देश भारत र चीनमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गर्दै छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्।

परिवर्तनको जगमा उल्लासको पर्व बनेको क्रिसमस, धार्मिक सहिष्णुताको उदाहरण बन्दै

कुनैबेला इसाई धर्मावलम्बीको मात्र चाड मानिने क्रिसमस अहिले नेपालीको साझा पर्वजस्तै बन्न थालेको छ। यसमा मुलुकको राजनीतिक परिवर्तन र भूमण्डलीकरण दुवैले काम गरेका छन्।

देउवालाई दाहालको प्रश्न– पहिला मलाई प्रधानमन्त्री बनाउने सहमति किन तोड्दै हुनुहुन्छ?

सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूलाई पहिला प्रधानमन्त्री बनाउने पूर्वसहमति नतोड्न कांग्रेस सभापति देउवालाई चेतावनीका छन्।