अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले १००औँ टेस्ट खेल्दै २५४ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै २०० रन बनाएका छन्।
मंगलबार सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा पुगेको छ।
चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
नेपाली कांग्रेसले निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
१८ महिनादेखि पीएसजीसँग आबद्ध रहेका स्टार फरवार्ड लिओनल मेस्सी २०२४ सम्म सोही क्लबमा रहने भएका छन्।
गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको छ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा दर्ता भएको मुद्दा सुनुवाइका लागि सर्वाेच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ।
‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ गर्ने ध्येयका साथ इलामको चुलाचुलीमा शुरू भएको नाट्यसंस्था चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ घोषणा गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्। उनलाई राष्ट्रपतिले आजै शपथ गराउने कार्यक्रम छ।
हेफर इन्टरनेशनलको पहलमा नेपाल ल्याइएका शुद्ध नस्लका ६३ वटा गाई र बहर सिन्धुलीका किसानलाई हस्तान्तरण गरिएको छ।
बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड तथा युलियो सालिनास सहितको टोली नेपाल आएको छ। टाेलीले काठमाडाैँ र गण्डकीसँग मैत्रिपूर्ण फुटबल खेल्नेछ।
उद्योग वाणिज्य महासंघकाे टाेलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अर्थतन्त्र सुधारका लागि गम्भीर पहल गर्न अनुराेध गरेकाे छ।
विष्णुमती करिडोर क्षेत्रका अनधिकृत संरचना हटाउँदा काठमाडौँ महानगरका कर्मचारीले फेला पारेको शंखधर साख्वाको मूर्ति पूरातात्त्विक महत्त्वको नभएको संस्कृतिविद्हरूले बताएका छन्।
गण्डकी सरकारकाे ‘एक घर : एक धारा अभियान’ अन्तर्गत् तनहुँमा एकै वर्ष तीन हजार ३०० घरधुरीमा खानेपानीकाे पहुँच पुगेकाे छ।
लुम्बिनी र जनकपुरले लगातार दुई खेलमा जित निकालेका छन्। पाेखरा र काठमाडाैँ पहिलाे जितकाे खाेजिमा छन्।
बझाङकाे छविसपाथीभेरामा ट्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएकाे छ।
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा २५ जिल्लाका ३०० खेलाडी सहभागी हुने बताइएकाे छ।
बिहान तराईका विभिन्न क्षेत्रमा हुस्सु लाग्ने र हिमाली भेगमा हिमपातकाे सम्भावना रहकाे हुँदा देशभर नै चिसाे बढ्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताका लागि काम गर्ने बताए।