नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई आह्वान गरिसकेको अवस्थामा पनि कामचलाउ सरकारका मन्त्रीहरू नियम कानूनविपरीत कर्मचारी सरुवा र नियुक्तिमा केन्द्रित भएका छन्।
यस वर्षको पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
आन्तरिक उडान गर्ने एयरलाइन्सले आपसी मिलेमतोमा आफूखुसी हवाई भाडादर निर्धारण गरेको भन्दै पर्यटन मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको छ।
नेपाल टी–२० लिगमा काठमाडौँले पोखरालाई २६ रनले र लुम्बिनीले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै विजयी शुरुआत गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको इच्छा गरिरहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले निर्णय लिन ढिलाइ गरेको बताएका छन्।
वक्ताहरूले सरकारी नीतिका कारण शिक्षण पेसामा युवाहरूको रुचि कम देखिएको औँल्याएका छन्।
म त कविता र गीत लेखेर छाड्थेँ, हिँड्थेँ। त्यसमा कसैले मसला बेचोस् कि अरू थोक बेचोस् मलाई खासै मतलब थिएन।
कतारमा २२ औँ संस्करणको विश्वकप सम्पन्न भइसकेको छ। विश्वकपलाई मध्यनगर गर्दै कतारले विकास निर्माणमा ठूलो लगानी गरेको छ भने फिफाले अहिलेसम्मकै धेरै मुनाफा कमाएको छ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन र मधेश सरकार गठनमा सघाउन सीके राउत सहमत भएका छन्।
सरकार गठनबारे धारणा बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार मध्याह्न साढे १२ बजे पार्टीका सांसदहरूको भेला बोलाएका छन्।
बलिउडमा अहिले पनि मादलको प्रयोग भइरहेको छ, चलिरहेको छ। रिदमका लागि मादलमा राख्न खोज्छन्। पुराना निर्माता, संगीत निर्देशकले मादल राख्न खोज्छन्।
धनकुटाबाट सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ।
टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजित कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको रकम लुटिएको दूतावासले जनाएको छ।
जैविक विविधता पार्कको प्रचारप्रसार गरेर भारतीय पर्यटक आकर्षित गर्ने सामुदायिक वन उपभोक्ता समूहको लक्ष्य छ।
ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै वीरगन्ज महानगरले भदौयता घरमै गएर स्वास्थ्य परीक्षण गर्ने अभियान चलाइरहेको छ।
प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
टेन्डर प्रक्रियामा लाग्ने समय घटाउन अनुदानको रासायनिक मल आयातका लागि बेग्लै ‘रासायनिक मल खरिद निर्देशिका’ ल्याउन लागिएको मन्त्रालयका प्रवक्ता सन्जेलले बताए।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित शाही कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुन्।
सत्ता गठबन्धनको बैठकमा देउवा र प्रचण्डले प्रधानमन्त्रीमा आ-आफ्नो अडान कायमै राख्दा पावर सेयरिङका विषयले प्रवेश नै पाएन।
इंग्ल्यान्डका अलराउन्डर साम कुरानलाई पन्जाब किंग्सले १८.५० करोड भारुमा किनेको छ। उनी आईपीएलको इतिहासमै सबैभन्दा महँगा खेलाडी बनेका छन्।