AnonymousUser

Logout

सरकारमा जान के कुराले रोक्यो राप्रपालाई?

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने एमाले अध्यक्ष ओलीको पहलमा सबभन्दा पहिले साथ दिएको राप्रपा, आफू सरकारमा जान भने डराइरहेको छ। राप्रपाभित्र चर्किएको विवाद त्यसको कारण हो।

सिंहदरबारमा नवगठित मन्त्रिपरिषद्को बैठक

बैठकले सरकार निर्माणमा सहयोग गर्ने दलहरूलाई धन्यवाद दिनुका साथै केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा पदभार ग्रहण

प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।

दाहालको सत्ता रोहण अपेक्षित थिएन, अब कांग्रेस निर्माणमा जुट्नुपर्छ : शेखर कोइराला

नेता कोइरालाले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन अगाडि गम्भीर प्रश्न रहेको र त्यसको जवाफ दिनुपर्ने बताएका छन्।

चिनियाँ ७१ वटा विमान ताइवानको सीमामा प्रवेश

लडाकु विमान र ड्रोनसहितका चिनियाँ हवाइ सेनाका ७१ वटा विमान ताईवानको सीमामा प्रवेश गरेको ताइवानी रक्षामन्त्रालयको दाबी छ।

नवनियुक्त गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको मुद्दा छानबिनका लागि अधिकतम पहल गर्ने निर्णय गरेका छन्।

नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रुसी सैन्य शिविरमा ड्रोन आक्रमण, ३ सैनिकको मृत्यु

रुसले युक्रेनी ड्रोन आक्रमणबाट आफ्ना ३ सैनिक मारिएको दाबी गरेको छ। एंगेल्स हवाई सैन्य शिविरमा आक्रमण भएको मस्कोले जनाएको छ।

शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट बाहिरिए

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेलगत्तै निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहणस्थलबाट बाहिरिएका छन्।

प्रधानमन्त्रीद्वारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछाने

उपप्रधानमन्त्री र अर्थमा एमालेबाट विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित यातायातमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमा रवि लामिछानेले शपथ लिएका छन्। 

नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा भित्र आइतबार देउवाले आफूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियक्ति गर्न माग गर्दै दाबी पेस गरेका थिए।

सेयर बजारमा उत्साह, नेप्सेसँगै बढ्यो कारोबार रकम

सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँबराबरको किनेबेच भएको छ।

उद्योगमन्त्री बन्दै जनमत पार्टीका नेता अब्दुल खान

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्रीका लागि योग्य नभएको बताए। उनले पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए।

नयाँ सरकार बन्ने प्रक्रियालाई सहजतापूर्वक लिएका छौँ : बालकृष्ण खाँण

१ वर्ष ६ महिना गृह मन्त्रालयको नेतृत्व गरेका बालकृष्ण खाँणले सफलतापूर्वक मन्त्रालयको कार्यभार सम्हालेको दाबी गरेका छन्। स्थानीय तह र आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुसी रहेको उनले बताए।

उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।

यी हुन् एमालेबाट सरकारमा जाने चार मन्त्री

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा चार जना मन्त्रीले शपथ लिने भएका छन्।

रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन गठबन्धन सहमत, मन्त्रालय टुंगिन बाँकी

सत्ता गठबन्धन रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ।

नेपाल टी-२० लिग : ५ बल बाँकी छँदा फारवेस्टको जित

फारवेस्ट युनाइटेडले नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सलाई ४ विकेटले पराजित गरेको छ।

अत्यधिक चिसो र आँधीका कारण अमेरिका र क्यानडामा ३८ जनाको मृत्यु

अमेरिकाको मोन्टाना राज्यको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ भने बफेलो शहरमा प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परेकाे छ।

बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ

सीआइबीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।