AnonymousUser

Logout

गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका धिताल निर्वाचित

गठबन्धनका उम्मेदवार धिताललाई नेकपा एमालेका २१, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो।

नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्क्याउने, ढाल्ने विषयमा मात्रै केन्द्रित भएको बताए।

नेपालमा लगानी बढाउन जापानलाई प्रधानमन्त्री दाहालको आग्रह

जापानको सत्तारूढ दल ‘लिबरल डेमोक्राटिक’का सांसद ताईरा मासाकीसँगको भेटमा प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरेका छन्।

जासुसीको अभियोगमा पूर्व रक्षा अधिकारी अकबरीलाई इरानले दियो मृत्युदण्ड

अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई अमेरिकाले ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ।

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। उनको पक्षमा ५७ विपक्षमा ३३ मत परेको छ।

घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्य मनोनीत

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले शुक्रबार पार्टीमा समाहित भएका घनश्याम भुसाललाई सचिवालय सदस्य मनोनीत गर्ने निर्णय भएको बताए।

एकीकृत समाजवादी अध्यक्ष नेपाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

दुई नेताबीच प्रधानमन्त्रीलाई दिएको विश्वासको मत, सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको छ। 

काठमाडौँ महानगरको पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन

काठमाडौँ महानगरले दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। शुरूमा दुवैलाई काम भ्याउन मुस्किल थियो। अहिले एउटा बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। 

देवघाटमा शुरू भयो माघे सङ्क्रान्ति मेला 

देवघाटको बेनीमा बिहान बाँसको लिङ्गो ठड्याएर माघे सङ्‌क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा शनिबार बिहान भएको भेटमा मन्त्रीपरिषद् विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा छलफल भएको छ।

त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म गरिएका सबै कलेजो प्रत्यारोपण सफल भएका छन्।

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली हुने

दिउँसो कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भागमा आंशिक बदली रहने छ। तर, हिमपात हुने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धनकुटाको सिँधुवा बजारमा आगलागी, ५ घरमा क्षति

प्रहरीका अनुसार आगलागीबाट एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। अन्य चार घरमा आंशिक क्षति भएको छ।

उद्योगी–व्यवसायीलाई निराशा हुने नदिने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री विष्णु पौडेलले सरकारले व्यवसायीको माग र सुझावलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी

युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको सोलेदार शहरमा ‘गम्भीर संघर्ष’ जारी रहेको बताएको छ।

'ए' डिभिजन लिग : भीआईपी पारापिटको टिकट शुल्क ३०० रुपैयाँ

एन्फाले 'ए' डिभिजन लिगका लागि भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ र साधारण पारापिटतर्फ १०० रुपैयाँ टिकट शुल्क तोकेको छ।

मुसालाई जवान र वृद्ध बनाउने परीक्षण सफल, के मानिसमा सम्भव होला?

हावार्ड मेडिकल स्कुलका प्रोफेसर तथा एन्टी–एजिङ विज्ञ डेबिड सिनक्लेयरले भने, “मानिसको शरीरमा वयस्क अवस्थाको 'ब्याकअप कपी' हुन्छ। यसलाई पुनः उत्पादनका लागि उत्प्रेरित गर्न सकिन्छ।”

एकीकृत समाजवादी प्रवेश गर्दै भुसालले भने- ओलीवादले कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्‍यो

नेता घनश्याम भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँड्नेबाहेक एमालेका नेताले केही गर्न नसकेको बताएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माण अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माणसम्बन्धी कुनै पनि काम गर्न पाइने छैन। सर्वोच्चले आगामी माघ ९ गते पूर्ण छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।