राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घरजग्गा, सेयर खरिद तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेको भेटिए कारबाही हुने चेतावनी दिएको छ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए।
घट्दो आयात र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको शोधनान्तर स्थितिमा सुधार देखिएको छ।
रोल्पाका केही स्थानीय तहले कृषिलाई उच्च प्राथमिकतामा राख्दै कृषकलाई क्षतिपूर्ति, अनुदान, बिमा तथा निकासी शुल्क मिनाहा गर्ने नीति अघि सारेका छन्।
सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशपछि धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्।
अहिले औद्योगिक क्षेत्रमा मात्र दैनिक ६ देखि ७ सय मेगावाट विद्युत्को माग रहेकोमा बढीमा ५ सय मेगावाटसम्म विद्युत् आपूर्ति भएको प्राधिकरणले जनाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति छ।
नेपाल हस्तकला महासंघको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।
बिहीबार प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँ रहेको सुन शुक्रबार एक लाख तीन हजार ९०० तोकिएको छ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकासनिर्माण कमजोर पार्नेसँग सरकारले सम्झौता नगर्ने बताएका छन्।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित स्थानीयसँग नेपाल विद्युत प्राधिकरणले शुक्रबार दिउँसो वार्ता गर्दै छ।
रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ।
बिहीबार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि शुक्रबार पुनः मतदान हुँदै छ।
माघी
माघे संक्रान्तिको तयारीस्वरूप राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजारमा राखिएका तरुल र सखरखण्ड। \r\n
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
अख्तियारले आफ्ना पूर्वआयुक्त पाठकले भ्रष्टाचार गरेको दाबीसहित ११ वर्ष जेल सजाय हुनुपर्ने माग गरे पनि अदालतले भने भ्रष्टाचारमा ‘उद्योग गरेको’ ठहर गर्दै ३ वर्ष ३ महिना कैद सजाय हुने फैसला सुनाएको छ।
उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएसँगै आफ्नो नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।