भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षमा १० करोड रुपैयाँ लागतमा विभिन्न पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।
पीएसजीका लागि पाँचौँ मिनेटमा इकिटिकेले गोल गरे। ७२औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे।
चिसोले खेतमा लगाएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी कुहिन थालेको जलेश्वरका स्थानीय किसान राजेश सदाले बताए।
सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी छ।
हिमपात, बाक्लो हुस्सु तथा कुहिरोले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ।
सूर्यकुमारले आफ्नो टी-२० आई फर्मलाई अहिल्यकै लयमा राखे उनी एकदिवसीयमा पनि भारतको म्याचविनर बन्न सक्ने गम्भीर बताउँछन्।
हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई फिल्ममा देखाइएको निर्देशक डा. कपिल रिजालले बताए।
अमेरिकी वायुसेवा कम्पनीहरूले एफएएको कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन्।
बालोन डी’ओर उपाधिका लागि दुई फुटबल स्टार मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा भइरहेको छ। विश्वकप र पीएसजीमा गरेको प्रदर्शनका कारण दुवै उपाधिको दौडमा छन्।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेशको मुख्यमन्त्री पदमा एमालेका राजेन्द्रसिंह रावललाई नियुक्त गरेका छन्।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताएका छन्।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका नेता लीला गिरीलाई नियुक्त गरेका छन्।
३०१औँ पृथ्वीजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। काठमाडौँमा भने पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले राजतन्त्र फर्काउने षडयन्त्र गरेको भन्दै प्रदर्शन भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक व्यवस्था भए पनि 'मैले ठीक गरेँ' भनेर ओलीले अझै अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए।
लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई २५ रनले पराजित गर्दै पहिलो संस्करणको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
क्यानडा सरकारले गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई प्रतिबन्ध लगाएको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन्।
सांसदहरूले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने भन्दै विपद्का क्षेत्र पहिचान गरी त्यसको न्यूनीकरणका लागि स्थानीयलाई जिम्मा दिनुपर्ने बताए।
बुधबारकाे जितसँगै आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ। गण्डकीको भने यो लगातार दोस्रो हार हो।