साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा कुल सांसदको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय गरेको बताएका छन्।
सोमबार नेपाली बजारमा सुन प्रतितोला ३०० र चाँदी ५ रुपैयाँले बढेको छ।
निर्मला कुर्मी
काठमाडौँ– बाँकेकी निर्मला कुर्मीको न्यायका लागि बृहत् नागरिक आन्दोलनले नाटक प्रदर्शन गरेको छ। सोमबार दिउँसो बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलमा निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन नाटक प्रदर्शन गरेको हो। बाँकेबाट आएका रुबी खान नेतृत्वको अधिकारकर्मीको समूहले माइतीघर मण्डलमै निर्मलाको न्यायका लागि अनिश्चितकालीन धर्ना दिइरहेको छ। उनीहरूको समर्थन गर्दै बृहत् नागरिक आन्दोलनले विशेष प्रदर्शन गरेको हो। निर्मलाको २०७६ चैतमा शंकास्पद मृत्यु भएको थियो। सरकारले सो घटनाको सत्यतथ्य छानबिन नगरेको अधिकारकर्मीको आरोप छ। तस्वीरहरू : अमित मचामसी
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच समसामयिक विषयमा छलफल भएको छ।
आर्सनल १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा यथावत् छ। २० खेलमा ३९ अंक बनाएको युनाईटेड चौथो स्थानमा छ।
तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।
रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।
क्यानले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रविधिको उपलब्धताले मानिसमा परनिर्भरता बढ्दै गएको बताएका छन्।
एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा ६३ वर्षीया डा. एन्का फाउरसँग विवाह गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स स्टुडियोमा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।
माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ७२ जनाको मृत्यु भएको थियो।
प्रधानमन्त्री दाहालले उत्पीडित जातिलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरूले ठूलो लडाइँ गरेको बताए।
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीले राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खानतलासी गर्दा थप ६ वटा वर्गीकृत दस्ताबेज बरामद गरेका छन्।
धनुषा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले हत्यामा संलग्न भएको आशंकामा तीन भारतीय र दुई जना नेपालीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए।
कांग्रेस संस्थापन इतर समूहले पार्टीले स्पष्ट दृष्टिकोण राख्न नसकेको निष्कर्ष निकालेको छ।
रेमिट्यान्सबाट उत्पादन, निर्माण र रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए।
धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित अँधेरीखोला अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काएको छ।