Sunday, April 02, 2023

-->

तारैतारले जेलिएको राजधानी (तस्वीरहरू)

विद्युत्, टेलिफोन, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले नै थेग्न नसक्ने गरी तार टाँग्दा शहरमा दुर्घटनाको जोखिम पनि बढेको छ।

तारैतारले जेलिएको राजधानी तस्वीरहरू

काठमाडाैँ– तारैतारको कुरूप 'जालो'ले राजधानी जस्तो पनि देखिन छाड्यो, काठमाडौँ।

सुन्दर, व्यवस्थित र विकसित हुनुको साटो धुलो, धुवाँ र 'तारजालो'ले कुरूप बनाएको छ, राजधानीलाई।

विद्युत्, टेलिफोन, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले पनि थेग्न नसक्ने गरी तार टाँग्दा शहरमा दुर्घटनाको जोखिम पनि बढेको छ।

अव्यवस्थित तारका कारण हुने दुर्घटना पनि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले जालोझैँ बेवारिसे अवस्थामा टाँगिएका तार ‘अन्डरग्राउन्ड’ गर्ने नीति लिएको छ।

तर, टेलिकम र अन्य सेवा प्रदायक यसतर्फ अग्रसर छैनन् । देशकै महत्त्वपूर्ण ठाउँ संघीय संसद् भवन अगाडीको अवस्था त झन् बिजोग छ। 

काठमाडौँको विभिन्न स्थानमा कैद गरिएका 'तारजालो'का तस्बिरहरू:

 


सम्बन्धित सामग्री