Saturday, May 11, 2024

-->

मुख्य प्रशिक्षक रिक्त भएको तीन महिनापछि एन्फाद्वारा दरखास्त आह्वान

अब्दुल्लाह अल्मुताइरीले भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ।

मुख्य प्रशिक्षक रिक्त भएको तीन महिनापछि एन्फाद्वारा दरखास्त आह्वान

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रिक्त भएको तीन महिनापछि दरखास्त आह्वान गरेको छ।

एन्फाले सूचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि फिफाको 'प्रो-लाइसेन्स' प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो। अब्दुल्लाह अल्मुताइरीले भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ।

मुख्य प्रशिक्षकविनै राष्ट्रिय फुटबल टोलीले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेको छ। दशरथ रंगशालामा गत असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा अमेरिका निवासी प्रदीप हुमागाईंले कार्यवहाक मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

यस्तै, गत कात्तिक ३० गते पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवालले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएका थिए। नेपाली कुनै पनि प्रशिक्षक प्रो-लाइसेन्स प्राप्त छैनन्। त्यसैले विदेशी नै नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने छन्।

अल्मुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले १९ खेलमा ५ जित, २ बराबरी र १२ हारको नतिजा निकालेको थियो।


सम्बन्धित सामग्री