Thursday, May 23, 2024

-->

यस्तो रहनेछ शनिबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। 

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। यसैगरी, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री