Monday, June 17, 2024

-->

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडाैँ– नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


सम्बन्धित सामग्री