Monday, June 17, 2024

-->

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

ढुंगासहित खसेको पहिरोले पुर्दा स्काभेटर चालक बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

काठमाडौँ– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला छेउमा सुक्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ। 

आइतबार बिहान सडक भित्तामा पहाड काट्ने क्रममा पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका-४ का मंगल चौधरी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि भरतपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ढुंगासहित खसेको पहिरोले स्काभेटरमा पनि क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले बताए। उनका अनुसार उक्त स्थानमा पुन निर्माणका लागि कनक कन्स्ट्रक्सनले काम गरिरहेको छ। 


सम्बन्धित सामग्री