Monday, June 17, 2024

-->

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत, प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

अर्थमन्त्री पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

काठमाडौँ– राष्ट्रियसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।

अर्थमन्त्री पुनले सर्वेक्षण प्रस्तुत गर्दै मुलुकको आर्थिक तथा सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए। सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालुको आर्थिक वर्षको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको विश्लेषण गरिएको छ। 

अर्थमन्त्री पुनले भने, “उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान छ।” 

सर्वेक्षणमा प्रदेशगत रूपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दामाथि रहने अनुमान गरिएको उनले जानकारी दिए। साथै चालु आवलगायत कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान सर्वेक्षणले गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते मंगलबार ४ बजेर १५ मिनेटमा बस्नेछ।


सम्बन्धित सामग्री