Tuesday, May 21, 2024

-->

यस्तो रहनेछ मंगलबारको मौसम

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशीका केही स्थानमा हावाहुरीसमेत चल्ने छ।

यस्तो रहनेछ मंगलबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, गण्डकी र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशीका केही स्थानमा हावाहुरीसमेत चल्ने छ।

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशीका केही स्थानमा राति पनि हावाहुरीको सम्भावना छ।


सम्बन्धित सामग्री