Monday, June 03, 2024

-->

कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, २ गम्भीर

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते २ गम्भीर

मुग्लिन– माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा मंगलबार बिहान एकापसमा ठोक्किँदा माइक्रोमा सवार १३ जना घाइते भएका हुन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।


सम्बन्धित सामग्री