Sunday, April 28, 2024

-->

दाेहाेराे अंकले बढ्याे नेप्से, १ अर्ब ७ कराेडकाे काराेबार

आइतबार नेप्से १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेकाे छ।

दाेहाेराे अंकले बढ्याे नेप्से १ अर्ब ७ कराेडकाे काराेबार

काठमाडाैँ– हप्ताकाे पहिलाे दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दाहाेराे अंकले बढेकाे छ। १०.२३ अंकले बढेर नेप्से १९४२.६८ विन्दुमा पुगेकाे छ। 

आइतबार जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ। सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि हिमाल दोलखा हाइड्र्रोपावर कम्पनीको शेयर ७.८१ प्रतिशतले घटेकाे छ। यस्तै, मन्जुश्री फाइनान्स डिभेञ्चर, सिंगटी हाइड्रोसहितका धितोपत्रको मूल्य समेत ओरालाे लागेकाे छ।

आज ४३ लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।


सम्बन्धित सामग्री