Monday, April 29, 2024

-->

नेप्सेमा सोमबार सामान्य अंकको गिरावट

सोमबार बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।

नेप्सेमा सोमबार सामान्य अंकको गिरावट

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार दोस्रो दिन पनि घटेको छ। आइतबार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ को बिन्दुमा कायम भएको छ।

सोमबार २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर एक लाख एक हजार २३६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।

बैंकिङ समूह १२.१९, जलविद्युत् ७.३४, लगानी ०.०३ र अन्य समूह ५.५७ अंकले घटेको हो। उपसूचक बढ्नेमा सोमबार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६.४६ र जीवन बीमा समूहको उपसूचक ६०.१४ अंकले बढेको छ। विकास बैंक ५३.५६, वित्त २८.८७, उत्पादन तथा प्रशोधन ४.१५, लघुवित्त ११.०१ र म्युचुअल फन्ड समूह ०.०१ अंकले बढेको छ।

त्यस्तै, निर्जीवन बीमा समूह ७.७३ र व्यापार २७.१५ अंकले बढेको नेप्सेले जनाएको छ। नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य सोमबार सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ६.४५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ७४८ रुपैयाँ बराबरको सात लाख एक हजार ८०३ कित्ता शेयर किनबेच भएको छ।


सम्बन्धित सामग्री