Saturday, May 04, 2024

-->

किशोर, श्याम र सन्दीप जोरालाई समेट्दै एशिया कप खेल्ने टोली घोषणा

क्यानले एसीसी एशिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ।

किशोर श्याम र सन्दीप जोरालाई समेट्दै एशिया कप खेल्ने टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी एशिया कपका लागि टोलीको घोषणा गरेको छ। क्यानले अगस्ट ३० देखि सेप्टेम्बर १७ (१३ भदौ ३१) सम्म पाकिस्तान र श्रीलंकामा हुने प्रतियोगिताका लागि सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा किशोर महतो, श्याम ढकाल (मौसम), सन्दीप जोरा र अर्जुन साउदले स्थान बनाएका छन्।

पहिलो पटक एशिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा टेस्ट राष्ट्र भारत र पाकिस्तान रहेका छन्।

नेपालले पहिलो खेल १३ भदौमा आयोजक पाकिस्तानसँग खेल्ने छ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तानमा हुनेछ।

नेपाल समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्न १८ भदौमा खेल्नेछ। यो खेल श्रीलंकाको क्यान्डीमा हुने छ। 

 


सम्बन्धित सामग्री