Friday, May 03, 2024

-->

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट केयर रेटिङ गराउँदा एए प्लस रेटिङ पाएको पनि उनले बताए।

प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको छ। मुलुकभित्रै विद्युत् बिक्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ। प्राधिकरणले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा भने प्राधिकरणको कुल नाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो।

पछिल्लो दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको पनि घिसिङले बताए।


सम्बन्धित सामग्री