Saturday, May 11, 2024

-->

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार सुन प्रतितोला २०० र चाँदी ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँ तोकिएको छ। बुधबार एक लाख १२ हजार ४०० रुपैयाँ थियो। 

तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार एक लाख ११ हजार ८५० रुपैयाँ थियो। 

यसैगरी, चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


सम्बन्धित सामग्री