Friday, May 17, 2024

-->

बलात्कार आरोपमा सडक विभागका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

आफूमाथि आरोप लागेपछि पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध नै मुद्दा दर्ता गराएका थिए।

बलात्कार आरोपमा सडक विभागका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

काठमाडौँ– जबरजस्ती करणी आरोपमा सडक विभागका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्।

पोख‍रेललाई शुक्रबार काठमाडौँको त्रिपुरेश्वरबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए।

हाल मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक रहेका पोखरेल जबरजस्ती करणीको आरोप लागेपछि कार्यालयबाटै सम्पर्कविहीन भएका थिए।  

रामेछाप घर भई काठमाडौँ बस्दै आएकी २३ वर्षीया महिलाले पोखरेलबाट आफू बलात्कृत भएको खुलासा गरेकी थिइन्। आफूमाथि आरोप लागेपछि प्रहरीले पक्रिने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध मुद्दा दर्ता गराएका थिए।

सोही मुद्दामा उच्च अदालत पाटनले पोखरेललाई नपक्रिन प्रहरीको नाममा निषेधाज्ञासहितको अन्तरिम आदेश जारी गरेको थियो।


सम्बन्धित सामग्री