Thursday, May 09, 2024

-->

२५ लाखभन्दा बढी ऋण लिँदा पान अनिवार्य

बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सोभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (पान) चाहिने भएको छ।

२५ लाखभन्दा बढी ऋण लिँदा पान अनिवार्य

काठमाडौँ– बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सोभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (पान) चाहिने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। 

“बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य पान लिएको हुनुपर्नेछ,” निर्देशनमा भनिएको छ। 

यसअघि ५० लाख वा सोभन्दा माथिको कर्जा लिँदा मात्र पान अनिवार्य थियो। यस्तै, समूहगत रूपमा २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिँदा पनि अनिवार्य पान लिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।


सम्बन्धित सामग्री