Friday, May 10, 2024

-->

सुन बाहिरिएको घटना बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री

विमानस्थल भन्सार कार्यालयबाट बुधबार १०० किलो सुन भित्रिएको थियो। भन्सार जाँचपास भइसकेपछि उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

सुन बाहिरिएको घटना बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री 

काठमाडौँ– त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएपछि त्यसको अवस्थाबारे बुझ्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन्।

उनको सचिवालय स्रोतका अनुसार एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन श्रेष्ठ विमानस्थल पुगेका हुन्। श्रेष्ठसँगै नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजस्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालयका प्रमुख पनि सहभागी छन्। 

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बुधबार १०० किलो सुन भित्रिएको थियो। भन्सार जाँचपास भइसकेपछि उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। 

यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्।


सम्बन्धित सामग्री