Tuesday, May 14, 2024

-->

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी नेम्वाङ र पोखरेललाई

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएर ओली कम्बोडिया गएका हुन्।

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान कार्यवाहक अध्यक्षको जिम्मेवारी नेम्वाङ र पोखरेललाई
फाइल तस्वीर

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्। 

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रूपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गएराति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

टोलीमा अध्यक्ष ओलीसँगै उनका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन्। ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ। 

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएर ओली कम्बोडिया गएका हुन्। 


सम्बन्धित सामग्री