Monday, April 29, 2024

-->

ताप्लेजुङ पहिरो: बेपत्ता ३ जना नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा पहिरोले पुरिएर बेपत्ता भएका एकै परिवारका तीन जना सात दिनसम्म पनि नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।

ताप्लेजुङ पहिरो बेपत्ता ३ जना नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ– गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका तीन जना नभेटिएपछि आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्।

एकै परिवारका तीन जनालाई शुक्रबारसम्म खोजी गर्दा पनि नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको आफन्त सुरज ओझाले बताए।

पहिराले घर बगाउँदा मेहेलेस्थित भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता थिए।

आफन्त, स्थानीय र सुरक्षाकर्मीसमेतले सात दिनसम्म खाेजी गर्दा उनीहरू नभेटिएका हुन्। सोही पहिरोमा परी बेपत्ता तीन जनाको शव यसअघि नै भेटिएको थियो।


सम्बन्धित सामग्री