Tuesday, May 21, 2024

-->

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निणर्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

चलाउनेमाथि २०७७ असोज २० गते नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाई समिति अध्यक्ष हरी आचार्य तथा योगेन्द रावलसहितका पाँच जनाले आक्रमण गरेका थिए।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निणर्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडाैँ– अदालतमा विचाराधीन फाैजदारी मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

चलाउनेले बुधबार आफ्नाे कानून व्यवसायीमार्फत रिट दर्ता गराएका हुन्। 

चलाउनेमाथि २०७७ असोज २० गते नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाई समिति अध्यक्ष हरी आचार्य तथा योगेन्द रावलसहितका पाँच जनाले आक्रमण गरेका थिए।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएकाे थियाे। २०८० जेठ ३० को मन्त्रिपरिषद् बैठकले अदालतका विचाराधीन साे मुद्दा फिर्ता लिने निर्णय गरेकाे थियाे। 

सर्वोच्च अदालतले याे रिटमा बिहीबारका लागि पेसी तोकेकाे चलाउनेका तर्फबाट रिट लिएर गएकी अधिवक्ता राधिका खतिवडाले बताइन्।


सम्बन्धित सामग्री