Monday, April 29, 2024

-->

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो।

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

ढोरपाटन– बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। जिप मध्यपहाडी लोकमार्गबाट ५०० मिटर तल खसेको छ। मृतक दुवै पुरुष रहेको केसीले बताए।

जिपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ।


सम्बन्धित सामग्री