Thursday, May 16, 2024

-->

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

दुई दिनको सुनुवाइपछि समितिले कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ। अब, राष्ट्रपतिले नियुक्त गरेपछि उनी प्रधानन्यायाधीश हुनेछन्।

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

शुक्रबार बिहान बसेको बैठकले कार्कीको नाम अनुमोदन गरेको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए। समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले बिहीबार समितिका कार्ययोजना पेस गरेका थिए। शुक्रबार कार्कीसँग प्रश्नोत्तर भएको थियो। सदस्यका प्रश्नको जवाफमा कार्कीले नागरिकलाई संविधानले दिएको मौलिक अधिकारको संरक्षण र सम्पत्तिसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राखेर अदालतले काम गरिरहेको बताए।

कार्कीले कतिपय मुद्दाका सन्दर्भमा जारी भएको अल्पकालीन आदेशलाई अनन्तकालीन बनाइनु हुन्न भन्नेमा अदालत स्पष्ट रहेको उल्लेख गर्दै कानुन र प्रमाणका आधारमा न्याय निरुपण हुने धारणा राखे। उनले भने, “न्यायाधीश घटनाको साक्षी बन्न सक्दैन, कानुन र प्रमाणलाई पन्छाएर फैसला गर्न मिल्दैन।”

अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन्।


सम्बन्धित सामग्री