Thursday, May 02, 2024

-->

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० बाट अनिवार्य अवकाशमा जाँदैछन्। जसको एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि परिषद्को बैठक बस्न सकेको थिएन।

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
फाइल तस्वीर

काठमाडौँ– संवैधानिक परिषद्को बैठक मंगलबार बस्दैछ। 

अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बताइएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० बाट अनिवार्य अवकाशमा जाँदैछन्। सोही कारण प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गर्न लागिएको हो। 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। छलफलपछि बैठक बस्ने टुंगो भएको थियो।

प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानुभन्दा एक महिना अगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि परिषद्को बैठक नै बस्न सकेको थिएन। 


सम्बन्धित सामग्री