Monday, June 10, 2024

-->

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा
फाइल तस्वीर

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै क्यानले उनीमाथि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा लगाइएको निलम्बन फुकुवा गरेको जनाएको छ। "सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएके हुँदा उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ," विज्ञप्तिमा भनिएको छ।

योसँगै उनी सबै प्रकारका क्रिकेट खेल गतिविधमा भाग लिने पाउनेछन्। तर, जुन १ देखि हुने विश्वकप क्रिकेटका लागि नेपाली टोलीमा सन्दीपलाई सहभागी गराउने/नगराउने बारे भने क्यानले कुनै औपचारिक निर्णय गरेको छैन।


सम्बन्धित सामग्री