Friday, May 17, 2024

-->

देशमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो: माधव नेपाल

राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै अध्यक्ष नेपालले बिना पैसा कुनै काम नहुने अवस्था आएको बताए।

देशमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो माधव नेपाल

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताए। राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै अध्यक्ष नेपालले बिना पैसा कुनै काम नहुने अवस्था आएको बताए।

“नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ। पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ,” अध्यक्ष नेपालले भने, “बिना पैसा कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहाहरू अझै दलाल पुँजीहरू हाबी हुन पुग्ने, इमानदार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ। यसको परिवर्तन गर्न चाहन्छौँ।”

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरू सलबलाएको बताए। वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको नेपालको भनाइ छ। 


सम्बन्धित सामग्री