Thursday, May 02, 2024

-->

भारी वर्षा र बाढीले जापानमा ३ जनाको मृत्यु, ९९० घरमा क्षति

मध्य जापानको आइची र शिजुओका प्रान्तमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्य जारी रहेको एजेन्सी क्योडोले जनाएको छ।

भारी वर्षा र बाढीले जापानमा ३ जनाको मृत्यु ९९० घरमा क्षति
तस्वीर: क्योडो

जापानको प्रशान्त महासागर तटीय क्षेत्रमा सोमबार परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ।

९९० घरमा क्षति पुगेको छ। मध्य जापानको आइची र शिजुओका प्रान्तमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ। समाचार एजेन्सी क्योडोका अनुसार बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्य जारी छ।

आइचीमा २७३ र सिजुओकामा ७१७ घर डुबानमा परेको क्योडोले जनाएको छ। स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रमा पानी आपूर्ति र आइची प्रान्तमा प्रभावितहरूको उद्धारका लागि प्रयास गरिरहेका छन्।


सम्बन्धित सामग्री