Sunday, May 12, 2024

-->

हवाई यात्रा गर्दा पीसीआर रिपाेर्ट र खाेपकार्ड नचाहिने

हवाई यात्राका क्रममा पीसीआर रिपोर्ट र कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान हटाइएको छ।

हवाई यात्रा गर्दा पीसीआर रिपाेर्ट र खाेपकार्ड नचाहिने

काठमाडौँ– हवाई यात्राका क्रममा पीसीआर रिपोर्ट र कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान हटाइएको छ।

सरकारले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै ७२ घण्टाभित्रको पीसीआरको नेगेटिभ रिपोर्ट र खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान लागू गरेको थियो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतबारदेखि नै पीसीआर रिपोर्ट र खोप कार्ड देखाउने प्रावधान हटाइएको हो।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले यसअघिको प्रावधान हटाएर हवाई यात्रा गर्दा सामान्य रूपमा यात्रीलाई आउजाउ गर्ने दिने निर्णय गरेको थियो। 

त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै फेरिएको प्रोटोकल अनुसार कामकारबाही अगाडि बढाउन भनेको हो।


सम्बन्धित सामग्री