Wednesday, May 15, 2024

-->

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको एमालेले जनाएको छ।

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौँ– नेकपा एमालेले पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिव शंकर पोखरेलले रायमाझीलाई पदबाट निलम्बन गरिएको जनाएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

“राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन्। 

 


सम्बन्धित सामग्री