Wednesday, May 15, 2024

-->

रास्वपा संसदीय दलका नेतामा पुनः रवि लामिछाने चयन

सोमबार दिउँसो बसेको रास्वपा संसदीय दलको बैठकले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई पुनः दलको नेता चयन गरेको छ।

रास्वपा संसदीय दलका नेतामा पुनः रवि लामिछाने चयन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेतामा पुनः रवि लामिछाने चयन भएका छन्। सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।

त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो। त्यसअनुसार नै सर्वसम्मत रूपमा सभापति लामिछानेलाई दलको नेता चयन गरिएको पार्टी उपसभापति डीपी अर्यालले उकालोलाई जानकारी दिए ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको आदेशपछि सांसदसहित रास्वपा संसदीय दलको नेताबाट पदमुक्त भएपछि अर्याल दलको नेता भएका थिए। १० वैशाखको उपचुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।


सम्बन्धित सामग्री